• २०८१ बैशाख १३ बिहीबार

रियल मड्रिडको जितमा भिनिसियसको ह्याट्रिक

kharibot

काठमाडौं । युवा फरवार्ड भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई ६-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा भिनिसियसले ह्याट्रिक गर्दा फर्लान्ड मेन्डी, करिम बेन्जेमा र रोड्रिगोले  १-१  गोल गरे ।

यसअघि नै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले ला लिगाको समेत उपाधि जितिसकेको छ । 

रियल म्यड्रिड ४६ खेलबाट ८४ अंक सहित शीर्ष स्थानमा छ । पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै