काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई ५२ रनले पराजति गरेको हो ।
कोलकोताले दिएको १६६ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले १७.३ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएपछि खेल ५२ रनले हारेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
कोलकोताविरुद्ध उत्कृष्ट बलिङ गरेका जसप्रित बुमराहले ४ ओभरमा १० रन दिएर ५ विकेट लिए पनि मुम्बईको ब्याटिंग फेल हुदा हार बेहोर्नु परेको छ ।
यो जितपछि कोलकोता नाइटराइडर्सको १२ खेलमा पाँचौ जित हासिल गर्दै १० अंक रहेको छ र अंक तालिकामा सातौ स्थानमा रहेको छ ।
त्यस्तै मुम्बई इण्डियन्सले भने यस सिजनमा नवौं हार बेहोरेको छ । मुम्बईको ११ खेलमा केवल ४ अंक रहेको छ र अंक तालिकामा पुछारमा छ ।