काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि जितेको रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग पराजित भएको छ ।
गएराती सम्पन्न म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा खेलको ४०औं मिनेटमा यानिक कारास्कोले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि एटलेटिको म्याड्रिडको ३५ खेलमा ६४ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यस्तै रियल म्याड्रिडको भने ३५ खेलमा ८१ अंक रहेको छ ।









