• २०८३ मङ्सिर १ मंगलबार

गेनोआसँग युभेन्टस स्तब्ध

गेनोआसँग युभेन्टस स्तब्ध

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा गेनोआले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

गेनोआले खेलको अतिरिक्त समयको ९६औं मिनेटमा पेनाल्टी गोल गर्दै युभेन्टसलाई स्तब्ध बनाएको हो ।

यसअघि खेलको ४८औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८७औँ मिनेटमा अल्बेर्ट गुओमूनडसनले गोल गर्दै गेनोआलाई खेलमा फर्काएका थिए ।

यो जितपछि गेनोआको ३६ खेलमा २८ अंक रहेको छ र हाल रेलिगेशन जोनमा रहेको छ ।

त्यस्तै युभेन्टसको भने ३६ खेलमा ६९ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै