• २०८१ बैशाख २१ शुक्रबार

भावना र उत्तेजनामा आएर जगन्नाथले भरतपुरमा उम्मेदवारी दिए- रामचन्द्र पौडेल

kharibot

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुरमा भावना र उत्तेजनामा आएर काँग्रेसका नेताले उम्मेदवारी दिएको बताएका छन् । बिहीबार भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उत्तेजनामा चितवनमा काँग्रेस नेताहरुले उत्तेजनामा आएर उम्मेदवारी दिएको बताएका हुन् ।

मेयर पदका उम्मेदवार रहेका जगन्नाथ पौडेलसहितका नेताहरुलाई आफुले भेटेर कुरा गरेको जानकारी दिदै उनीहरुले धेरै कुरा गर्न नचाहेको बताए ।

नेता पौडेलले आफुहरुको प्रतिष्पर्धा एमालेसँग भएकोले ओली प्रवृतिलाई परास्त गर्न गठबन्धन सहि भएको तर्क गरे ।

देशमा पार्टीहरु मिलेर जानु पर्ने कुरा संबिधानले नै मार्गनिर्देश गरेको बताउदै पौडेलले गठबन्धन देशको आवश्यकता भएको दाबि गरे ।

काँग्रेस भित्र आफुलाई देउवा पक्षमा लागेको भन्ने आरोप आफुले खेपेको बताउदै गठबन्धनको कुरा देउवाले भन्दा अगाडी आफुले उठाएको नेता पौडेलले बताए ।

लोकतन्त्रलाई खतरामा पार्न ओली निमित्त नायक बनेर उदाएको बताउदै नेता पौडेलले प्रचण्ड आफुहरुको प्रतिद्वन्दी नभएकोले माओवादीसँग सहकार्य भएको बताए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै