• २०८१ बैशाख १७ सोमबार

नेपालका लागि भारतीय राजदुतमा नवीन श्रीवास्तव सिफारिस

kharibot

काठमाडौँ । भारतले नेपालको नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई सिफारिस गरेको छ । हिन्दुस्तान टाइम्सका अनुसार भारतले हाल भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजन प्रमुख श्रीवास्तवलाई नेपालको राजदुतमा सिफारिश गरेको हो ।

यसअघि राजदुत रहेका विनय मोहन क्वात्रा भारतीय विदेश मन्त्रालयको सचिव बनेपछि अहिले नेपालको राजदुत खालि रहेको छ ।

श्रीवास्तवला भारतमा चीन विज्ञ कुटनीतिज्ञको रुपमा चिनिन्छ ।

उनले दुई वर्षअघि चीनसँग लद्दाखस्थित एलओसीमा भएको लडाइँको सम्बन्धि विवाद सुल्झाउन ठुलो भूमिका खेलेको श्रेय दिने गरिन्छ । 

हिन्दुस्थान टाइम्सले भारतले नेपालस्थित परराष्ट्र मन्त्रालयसँग एग्रिमो मागिसकेको उल्लेख गरको छ ।

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउने कार्यक्रम रहेकाले भारतले त्यसअघि नै राजदुत नियुक्तिको प्रक्रिया अगाडी बढाएको बुझिएको छ ।

लुम्बिनीमा बुद्ध जयन्ती मनाउन मोदी नेपाल आउने भारतीय मिडियाहरुले रिपोर्ट सार्बजनिक गरेपनि नेपालको परराष्ट्र मन्त्रालयले अहिलेसम्म यस बारेमा कुनै जानकारी भने दिएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै