काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वाटफोर्डलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससले चार गोल गरेका थिए । जिससले खेलको चौथो, २३औं, ४९औं र ५३औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै एक गोल रोड्रीले गरेका थिए ।
वाटफोर्डका लागि एक गोल हासान कमाराले फर्काएका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको ३३ खेलमा ८० अंक भएको छ । शिर्ष स्थानमा रहेको सिटी दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा ४ अंकले अगाडी छ तर लिभरपुल एक खेल कम खेलेको छ ।
त्यस्तै वाटफोर्डको भने ३३ खेलमा २२ अंक छ र लिगमा १९औं स्थानमा रहेको छ ।









