• २०८३ मङ्सिर २ बुधबार

इन्टर मिलान कोपा इटालियाको फाइनलमा

इन्टर मिलान कोपा इटालियाको फाइनलमा

काठमाडौँ । इन्टर मिलान कोपा इटालियाको फाइनलमा पुगेको छ । 

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० को नतिजासहित इन्टर मिलान फाइनलमा पुगेको हो ।

यस अघि सेमिफाइनलको पहिलो लिग गोल रहित बराबरीमा सकिएको थियो ।

दोस्रो लिगमा इन्टरको जितमा लाउतारो मार्टिनेजले दुई गोल गरेका थिए भने रोबिन गोसेन्सले एक गोल गरे ।

अब फाइनलमा इन्टर मिलानले युभेन्टस र फिओरेन्टिनाबीचको विजेतासँग खेल्ने छ । युभेन्टस र फिओरेन्टिनाबीचको सेमिफाइनलको दोस्रो लिग आज राति  हुदै छ । यस अघि सम्पन्न पहिलो लिगमा युभेन्टसले १-० को अग्रता बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै