काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले इस्पेनियोललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा यान्निक करास्कोले दुवै गोल गरेका थिए । करास्कोले खेलको ५२औं मिनेटमा पहिलो गोल गरेका थिए भने उनले खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै एटलेटिकोलाई जिताएका थिए ।
त्यस्तै इस्पेनियोलका लागि खेलको ७४औं मिनेटमा राउल डी थोमसले एक गोल गरेका थिए ।
खेलको ७१औं मिनेटमा एटलेटिको म्याड्रिडका जियोफ्रे कोनडोगबियाले रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि एटलेटिको म्याड्रिडको ३२ खेलमा ६० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यस्तै इस्पोनियलको ३२ खेलमा ३९ अंक छ र लिगमा ११औं स्थानमा रहेको छ ।









