• २०८१ बैशाख २६ बुधबार

उत्तर कोरियाले ६१५ मिलियन डलरको क्रिप्टोकरेन्सी चोरेको आरोप

kharibot

काठमाडौँ । उत्तर कोरियाली ह्याकरहरूले मार्चमा ६१५ मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन् ।  अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार एक अनलाइन गेमिङ एक्सी इन्फिनिटी' बाट सो क्रिप्टो चोरी गरिएको बताइएको छ ।

एक्सी इन्फिनिटीले आफ्ना ग्राहकहरूलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी कमाउने अवसर दिन्छ ।

अमेरिकी अधिकारीहरुका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा यो सबैभन्दा ठूलो ह्याकिङमा उत्तर कोरियाको ‘लाजरस’ समूह संलग्न रहेको छ । यो समूह उत्तर कोरियाको इन्टेलिजेन्स ब्यूरोले सञ्चालन गरेको मानिन्छ ।

एफबीआईले बिहीबार आफ्नो बयानमा भनेको छ- 'हाम्रो अनुसन्धानमा हामीले लाजरस समूह र एपीटी ३८ का साइबर आक्रमणकारीहरू यस चोरीको लागि जिम्मेवार रहेको पायौं ।'

लाजरस समूह सन् २०१४ मा चर्चामा आएको थियो जब सोनी पिक्चर्स ह्याक गरेको र यसको गोप्य डाटा सार्वजनिक गरेको आरोप लगाइएको थियो ।

उक्त समूहले सोनीलाई आफ्नो आगामी फिल्म ‘द इन्टरभ्यु’ रिलिज नगर्न आग्रह गरेको थियो । त्यो कमेडी फिल्म उत्तर कोरियाली शासक किम जोङ उनको हत्याको षड्यन्त्रमा बनेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै