• २०८१ बैशाख १४ शुक्रबार

मधेश प्रदेश सभाको अधिवेशन मध्यरातबाट अन्त्य हुँदै

kharibot

जनकपुरधाम  । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको ८औँ अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुँदै छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर  मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य हुने जानकारी दिएका हुन् ।

मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्र सदनमा पढेर जानकारी गराएका हुन् ।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।

२९ मंसिरदेखि सुरु भएको आठौँ अधिवेशन चार महिना चलेको हो ।

यस अवधिमा २० वटा बैठक बसेको र सरकारबाट तीनवटा विधेयक दर्ता भएको हो । चारवटा विधेयक सभाबाट पारित भएको हो । त्यस्तै एउटा विधेयक प्रमाणिकरण भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै