• २०८१ बैशाख १७ सोमबार

काँग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा २५ जना र उपमेयर २४ जना आकांक्षी

kharibot

काठमाडौँ । भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसबाट दुई दर्जन नेता तथा कार्यकर्ताहरुले मेयरमा आकांक्षा देखाएका छन् ।

मेयरमा आकांक्षा देखाउनेमा प्रदेश मन्त्रीदेखि विश्वविद्यालयका प्राध्यापकसम्म रहेका छन् । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरको मेयर र उपमेयरका लागि आकांक्षीहरुको नाम संकलन गरेकामा दुई दर्जन बढी आकांक्षीले मेयरमा र दुई दर्जनले नै उपमेयरमा नाम दर्ता गराएका छन् । दुई दिनसम्म नाम दर्ता गर्ने मौका दिएकोमा मेयरमा २५ जना र उपमेयरमा २४ जना आकांक्षीले आफ्नो नाम दर्ता गराएका छन् ।

मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल, गौरी कुमारी श्रेष्ठ, घनश्याम दवाडी, हिरामणि अधिकारी, डा.सूर्यकान्त घिमिरे, राजेन्द्र डोटेल, टेकप्रसाद गुरुङ, डा.केशबभक्त सापकोटा, प्रकाश अधिकारी, मिलनबाबु श्रेष्ठ, भरत गुरुङ, शम्भुप्रसाद अर्याल, सुबोध प्रधान र मीनाकुमार खरेल रहेका छन् ।

त्यस्तै उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देबेन्द्र गुरुङ, टंकनाथ पौडेल, पुर्णबहादुर गुरुङ, राजीव न्यौपाने, विदुर केसी, गौरी खरेल अधिकारी, विजय घले, बिनु रायमाझी, गीता गुरुङ, सूर्यनाथ अधिकारी, महेन्द्र श्रेष्ठ, भोजराज कौडेल, सुरवीर पोखरेल र निर्मलराज पौडेलले आफ्नो नाम दर्ता गरेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा काँग्रेसले माओवादीसँग गठबन्धन गरेर भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई जिताएको थियो । सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी बीच यसपटक पनि महानगरपालिकामा गठबन्धन हुने र भरतपुर माओवादीले लिने चर्चा चलेपछि कांग्रेसका जिल्ला तथा केन्द्रीय नेताहरु कुनै पनि हालतमा महानगरपालिका कांग्रेसले माओवादीलाई छाड्न नहुने अडानमा रहेका छन् ।

यसैबीच भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्लाका नेताहरुले काठमाडौँ पुगेर केन्द्रीय नेताहरुलाई भेटेर फर्किएसँगै मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने काम सुरु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै