• २०८३ जेठ ३० शनिबार

नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड “सेफ्टी”

नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड “सेफ्टी”

काठमाडौँ  । “सेफ्टी” नेपाल गुणस्तर चिन्ह  प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्राण्ड बनेको छ । नेपालमा पहिलो पटक सेनेटरी प्याड ब्राण्डलाई यस्तो गुणस्तर चिन्ह दिइएको हो । उक्त कम्पनीले विगत  १५ बर्षदेखि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेनेटरी प्याड उत्पादन गरिरहेको छ । 

कुनै पनि नेपाली महिला आधारभूत महिनावारी सरसफाईबाट वञ्चित नहोस् भन्ने कम्पनीको लक्ष्य रहेको छ । त्यसैले शुलभ शुल्कमा कम्पनीले बजारमा अन्तर्राष्ट्रिय गुणस्तरका सेनेटरी प्याड उपलब्ध गराउँदै आइरहेको छ ।

“सेफ्टी”का २४० एमएम, २८० एमएम र ३२० एमएम बाक्लो र पातलो सेनेटरी प्याडलाई नेपाल गुणस्तर मानक स्ट्यान्डर्ड ५८७ बमोजिम गुणस्तर चिन्ह प्राप्त भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरूलाई गुणस्तर मानकको रुपमा  यो चिन्ह प्रदान गर्दै आएको हो ।

नेपाल  गुणस्तर  मानक ५८७ ले सेनेटरी प्याडहरूको विशिष्टताहरू जस्तै प्रयोग गरिने सामग्री, सेनेटरी प्याडहरूको प्रकार र आकार, यसको साइज, कारीगरी र फिनिश निर्धारण गर्दछ। आवश्यकताहरू जस्तै मापन, सोसेपछि  दबाव सहन सक्ने क्षमता र ब्याक्टेरिया र फंगल बायोबर्डन र छालाका रोगजनकहरूको  किटाणु उपस्थिति जस्ता शुक्ष्म स्वच्छताका आवश्यकताहरू पनि मानकमा तोकिएका हुन्छन् । यसले उत्पादकलाई “साइटोटोक्सिसिटी”, जलन र छालाको संवेदनशीलता जस्ता बायो कम्प्याटिबिलिटी मूल्याङ्कन सुनिश्चित गर्न पनि निर्देशन दिन्छ।

जस्मिन हाइजिनले नेपाली बजारमा मात्र सिमित गरेको छैन, कम्पनीले आफ्नो बजार यमन, श्रीलङ्का, भारत, माल्दिभ्स, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र नाइजेरिया जस्ता देशहरूमा प्याडहरू समेत निर्यात गर्दै आइरहेको छ । “सेफ्टी” कम्पनी नेपालमा सेनेटरी प्याड उत्पादन गर्ने पहिलो कम्पनी हो । स्कुल तथा विद्यालयमा छात्राहरूलाई निःशुल्क प्याड वितरण गर्नका लागि नेपाल सरकारले तोकेको विनिर्देशहरू पनि सेफ्टीले पूरा गर्दै आइरहको छ । 

ज्यासमिन हाइजिनका लागि कार्यकारी निर्देशक पुनित सारदाले भने, “हामी नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो ब्राण्ड भएका छौँ, यो सेफ्टी सेनेटरी प्याड परिवारका लागि गर्वको क्षण हो। यसले नेपाली ब्राण्डले स्वदेशी मात्र नभई अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पनि पूरा गर्ने सेनेटरी प्याड पनि उत्पादन गर्न सक्छ भन्ने बलियो प्रमाण दिएको छ । हामीले अहिलेसम्म प्राप्त गरेको उपलब्धिका लागि हामीलाई विश्वास गर्नुहुने हाम्रा उपभोक्ताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । ”
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै