• २०८३ मङ्सिर २ बुधबार

कतार विश्वकपमा नदेखिने यी स्टार खेलाडी

कतार विश्वकपमा नदेखिने यी स्टार खेलाडी

काठमाडौँ । कतारमा नोभेम्बरदेखि शुरु हुने फिफा विश्वकप फुटबलको समुह चरणको ड्र समेत भएको छ । विश्वकपमा छनौट भएका देशहरुको चर्चा भइरहेका बेला विश्वका चर्चित क्लबबाट खेल्ने चर्चित खेलाडीहरुले कतार विश्वकप गुमाएका छन् । उनीहरुका फ्यानहरुले आफ्नो मनपर्ने खेलाडीहरुलाई कतार विश्वकपमा देख्न पाउने छैनन् । यस रिपोर्टमा विश्वकपमा नखेल्ने केहि स्टार खेलाडीहरुको चर्चा गर्न लागिएको छ ।  

जर्जियो चिलिनी- इटाली 

उत्तरी म्यासेडोनियासँग इटालीको १-० को हारपछि जियोर्जियो चिलिनी कतार विश्वकपमा नदेखिने भएका हुन् । अनुभवी सेन्टर ब्याक यस वर्षपछि ३८ वर्षको हुनेछन् । इटालीको भावनात्मक युरो २०२० को जितमा निर्णायक भूमिका खेलेका चिलिनीको अब विश्वकपमा खेल्ने सम्भावना फेरी आउने छैन । आधुनिक युगका महान डिफेन्डरहरू मध्ये एक चिलिनी विश्वकप २०२२ मा पुग्न नसकेपछि अब अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनसक्ने अड्कल काटिएको छ ।

रियाद महरेज- अल्जेरिया 

म्यान्चेस्टर सिटीबाट खेल्ने रियाद महरेज पनि कतार विश्वकपमा देखिने छैनन् । उनको देश अल्जेरिया क्यामरुनसँग १-० गोल अन्तरले पराजित भएपछि विश्वकपमा छनौटमा असफल भएको हो । ३१ बर्षिय महरेज पछिल्लो पटक २०१४ मा ब्राजिल विश्वकपमा खेलेका थिए । अब यस विश्वकपमा छनौट हुन नसकेपछि उनलाई पनि फेरी विश्वकपमा देखिने विषयमा आशंका रहेको छ ।

मार्को भेराट्टी- इटाली

मार्को भेराट्टीलाई अहिले विश्वको सर्वश्रेष्ठ सेन्टर मिडफिल्डर मध्ये के मानिन्छ । पिएसजीबाट खेल्ने भेराट्टी इटाली विश्वकपमा छनौट नभएसँगै उनलाई विश्वकपमा नदेखिने भएको छ । २०२० को युरोकप इटालीलाई जिताउन भेराट्टीले उत्कृष्ट भूमिका निभाएका थिए । २९ वर्षीया भेराट्टीको इन्जुरिको कारण उनले अन्तर्राष्ट्रिय फुटबलको क्यारियर अन्त्य गर्नसक्ने समेत अनुमान गरिएको छ ।

लुइस डियाज- कोलम्बिया 

लिभरपुलबाट खेल्ने युवा खेलाडी लुइस डियाजलाई पनि नदेखिने भएका छन् । दक्षिण अमेरिकी क्षेत्रबाट कोलम्बिया विश्वकपमा छनौट हुन नसकेपछि डियाजको विश्वकप यात्रा टुंगिएको हो । गत वर्ष कोपा अमेरिका जित्ने डियाजले कोलम्बियाका लागि प्लेअफमा स्थान सुरक्षित गर्न सक्दो प्रयास गरेका थिए । छनौटमा कोलम्बियाले छैटौं स्थानमा टुंगाउदै विश्वकपमा छनौट असफल भएको हो ।

मोहम्मद सलाह- इजिप्ट

लिभरपुलका स्टार मोहम्मद सलाहलाई पनि विश्वकपमा देख्न सकिने छैन । अफ्रिकी विश्वकप छनौटमा इजिप्ट छनौट हुन नसकेपछि विश्वकपमा मोहमद सलाह नदेखिने भएका हुन् । सेनेगलसँग अन्तिम चरणमा पेनाल्टी सुटआउटमा हार बेहोरेको इजिप्ट विश्वकपमा छनौट हुन असफल भएको हो ।

एर्लिंग हल्याण्ड- नर्वे 

नर्वे विश्वकपमा छनौट हुन नसकेपछि स्टार खेलाडी एर्लिंग हल्याण्डलाई विश्वकपमा देख्न नपाइने भएको हो । बोरुसिया डर्टमन्ड सेन्टर-फरवार्ड २१ बर्षिय हल्याण्डलाई फुटबलको अहिलेका उदाउदो नयाँ सुपर स्टार मानिन्छ । हल्याण्डले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पछिल्लो पाँच खेलमा आठ गोल गरेका छन् । उनले विश्वकप छनौटका तीन खेलमा छनोटमा पाँच गोल गरेपनि त्यो नर्वेलाई विश्वकपमा पुर्याउन पर्याप्त थिएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै