• २०८१ बैशाख २६ बुधबार

बेइजिङको आधारभूत प्रदूषण दरमा ३३ प्रतिशतले कमी

kharibot

फाइल तस्बीर

बेइजिङ । चीनको बेइजिङमा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा आधारभूत वायु प्रदूषण सूचकांकमा ३३.३ प्रतिशतले कम भएको देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । 

जनवरी–फेब्रुअरीको अवधिमा यस शहरको प्रदुषणको २.५ औसत एकाग्रता (पीएम) प्रति घन मिटर ३४ माइक्रोग्राम रहेको बेइजिङ नगर पर्यावरण तथा वातावरण ब्यूरोले जनाएको छ । बेइजिङमा गत दुई महिनामा कुनै गम्भीर प्रदूषित दिन नभएको रिपोर्ट गरिएको छ । 

फेब्रुअरी ४ देखि २० सम्म बेइजिङ शीतकालीन ओलम्पिक अवधिको दौडान यस शहरको पीएम २.५ सूचकाङ्क प्रति घन मिटर २३ माइक्रोग्राम रहेको थियो ।  पीएम २.५ सूचकाङ्क माइक्रोन वा त्यसभन्दा कम व्यासका वायुबाट उत्पन्न कणहरूको निगरानी गर्ने गेज हो ।

यी कणहरू मानिसहरूको फोक्सोको गहिरो भागसम्म प्रवेश गर्न सक्छन् र स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न गर्न सक्छन् ।

गत वर्ष यो शहर राष्ट्रिय वायु गुणस्तरको मापदण्डलाई अपनाउने घोषणासँगै बेइजिङले आफ्नो वायु प्रदूषण नियन्त्रणमा सफलता हात पारेको हो ।

सन् २०२१ मा यस शहरको औसत पीएम२.५ प्रति घन मिटर ३३ माइक्रोग्राम थियो । यो सन् २०१३ मा रेकर्ड सुरु भएदेखिको सबैभन्दा कम स्तर हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै