• २०८३ असोज ३ शनिबार

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

काठमाडौँ । म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ ।

आइतबार राति सम्पन्न क्वाटरफाइनलको खेलमा म्यानचेस्टर सिटीले साउथहम्पटनलाई ४-१ गोल अन्तरले पराजित गर्दै एफए कपको सेमिफाइनलमा पुगेको हो ।

सिटीको जितमा रहिम स्टरलिङ, केभिन डी ब्रुने, फिल फोडेन र रियाद महरेजले एक एक गोल गरेका थिए भने एक गोल साउथहम्पटनका लागि एक गोल सिटीका एमरिक लापोर्टेले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै आइतबार नै सम्पन्न अर्को खेलमा क्रिस्टल प्यालेसले एभर्टनलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

अहिलेसम्म म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेससहित चेल्सीले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै