• २०८१ बैशाख २० बिहीबार

युक्रेनमा जारी विशेष अप्रेशन योजना अनुसारनै अघि बढ्दै छ- रुसी विदेशमन्त्री

kharibot

काठमाडौँ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा जारि विशेष अप्रेशन योजना अनुसार नै अघि बढ्ने बताएका छन् ।

विहिबार टर्कीको इस्तानबुलमा युक्रेनका विदेशमन्त्री डिमीट्रो कुबेलासँगको वार्तापछि पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री लाभरोभले युक्रेनमाथिको विशेष अप्रेशन योजना अनुसार नै अघि बढिरहेको टिप्पणी गरेका हुन् ।

पत्रकार सम्मेलनमा दोभाषे मार्फत कुरा गरेका विदेशमन्त्री लाभरोभले युक्रेनलाई हतियार दिएर पश्चिममा देशले खतरनाक कार्य गरेको बताएका छन् ।

लाभरोभले भने- 'युक्रेनलाई हतियार आपूर्ति गरेर पश्चिमले "खतरनाक कार्य" गरेको छ, उनीहरूको सबै तथाकथित सिद्धान्त र मूल्यमान्यताको उल्लङ्घन गरेका छन् ।'

रुसको अन्य देशमाथि आक्रमण गर्ने योजना छ कि छैन भन्ने प्रश्नको जवाफ दिदै विदेशमन्त्री लाभरोभले युक्रेनमा आक्रमण नगरेको रुसी अडान दोहोर्‍याएका थिए । उनले युक्रेनी जनतालाई मानवढाल बनाइएको आरोप पनि लगाए ।

यस अघि युक्रेनी विदेशमन्त्री कुबेलाले पत्रकार सम्मेलन गर्दै मानवीय संकटलाई कम गर्ने विषयमा कुराकानी सकारात्मक भएको बताए । उनले आफु फेरी पनि रुससँग यो तहको वार्ता गर्न तयार रहेको बताउदै समस्याको समाधान हुने भएमा आफु फेरी पनि विदेशमन्त्रीसँग वार्तामा बस्न तयार रहेको बताए । विदेशमन्त्री स्तरीय यस बैठकमा पनि रुसी आक्रमण रोकिने तहको ठोस सहमति नभएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै