काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
राउण्ड १६ को दोस्रो लिगमा पिएसजीलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ३-२ को नतिजासहति च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
पिएसजीमाथि शानदार जित हासिल गर्ने क्रममा रियल म्याड्रिडका लागि करिम बेन्जमाले ह्याट्रिक गरेका थिए ।
१-० गोल अन्तरले पछि परेको रियल म्याड्रिडका लागि खेलको ६१औं, ७६औं र ७८औं मिनेटमा गोल गर्दै बेन्जमाले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
यसअघि पिएसजीका लागि किलियन एम्बाप्पेले खेलको ३९औं मिनेटमा गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिड क्वाटरफाइनलमा पुगेको छ भने पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।









