• २०८१ बैशाख २० बिहीबार

हुन्डाईको सुविधा सम्पन्न शोरुम भक्तपूरको राधे राधेमा

kharibot

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा बिस्तारको क्रममा भक्तपूरको राधे राधेमा नयाँ शोरुम संचालनमा ल्याएको छ । भक्तपूरमा खुलेको नयाँ शोरुम सहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ । 

कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्नुहुनेछ । भक्तपूरको राधे राधेमा संचालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु शोकेस गरिएको छ ।

‘भक्तपूर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षितगरी संचालनमा ल्याएको यस शोरुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्स सहितको थ्रीएस सेवा उपलब्ध रहेको छ । 

अन्य शोरुममा जस्तै कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरुले गाडि खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिनेछन् । यसबाट ग्राहकले सबै किसिमका आवस्यक सेवा छरितो र सहज तरिकाले लिन सक्नु हुनेछ । 

लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरमा १५ वटा शोरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ । हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो । हुन्डाईले उत्कृष्ट क्वालीटी तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै