• २०८३ असोज ३ शनिबार

रुसले भन्यो- युक्रेनमा करिब ५०० रसियन सेना मारिए

रुसले भन्यो- युक्रेनमा करिब ५०० रसियन सेना मारिए

युक्रेनी सेनाले पक्राउ गरेका रसियन सैनिक

काठमाडौँ । रुसको रक्षा मन्त्रालयले युक्रेनमा आक्रमण गर्दा भएको क्षतिको पहिलो तथ्याङ्क सार्वजनिक गरेको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ४९८ रुसी सैनिकको मृत्यु भएको छ भने १५९७ जना घाइते भएका छन् ।

यो दावी युक्रेनको रुसी हताहतीको मूल्याङ्कनभन्दा निकै कम छ । युक्रेनले अहिलेसम्म ५ हजार ८४० जना रुसी सैनिकको मृत्यु भएको र २०० भन्दा बढीलाई पक्राउ गरेको आँकडा सार्बजनिक गरेको छ ।

तर युक्रेनले अहिलेसम्म युक्रेनी सेनाको मृत्यु र घाइतेको संख्याको तथ्याङ्क भने दिएको छैन ।

यी आँकडाको स्वतन्त्र रूपमा प्रमाणित नभएपनि बेलायती रक्षा मन्त्रालयले मस्कोको सेनाले ठूलो क्षति बेहोरेको बताएको थियो ।

यसअघि युक्रेनको आपतकालीन सेवाले अहिलेसम्म २,००० भन्दा बढी नागरिक र १० आपतकालीन सेवाका कर्मचारी मारिएको जनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै