काठमाडौँ । रुसको रक्षा मन्त्रालयले युक्रेनमा आक्रमण गर्दा भएको क्षतिको पहिलो तथ्याङ्क सार्वजनिक गरेको छ ।
रुसी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ४९८ रुसी सैनिकको मृत्यु भएको छ भने १५९७ जना घाइते भएका छन् ।
यो दावी युक्रेनको रुसी हताहतीको मूल्याङ्कनभन्दा निकै कम छ । युक्रेनले अहिलेसम्म ५ हजार ८४० जना रुसी सैनिकको मृत्यु भएको र २०० भन्दा बढीलाई पक्राउ गरेको आँकडा सार्बजनिक गरेको छ ।
तर युक्रेनले अहिलेसम्म युक्रेनी सेनाको मृत्यु र घाइतेको संख्याको तथ्याङ्क भने दिएको छैन ।
यी आँकडाको स्वतन्त्र रूपमा प्रमाणित नभएपनि बेलायती रक्षा मन्त्रालयले मस्कोको सेनाले ठूलो क्षति बेहोरेको बताएको थियो ।
यसअघि युक्रेनको आपतकालीन सेवाले अहिलेसम्म २,००० भन्दा बढी नागरिक र १० आपतकालीन सेवाका कर्मचारी मारिएको जनाएको थियो ।









