• २०८३ असार ११ बिहीबार

एनसेलले ल्यायो नयाँ अल टाइम डेटा प्याक, साथै बढ्यो नन्स्टप यूट्युब डेटा प्याकको भोलुम

एनसेलले ल्यायो नयाँ अल टाइम डेटा प्याक, साथै बढ्यो नन्स्टप यूट्युब डेटा प्याकको भोलुम

काठमाडौं  । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । 
 
नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र रु १२५ मा सुचारु गर्न सक्नेछ । त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु १४७ मा ७ दिनको समयसिमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउनेछन् । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको छ ।
 
यी प्याकहरु आज मंगलबार फागुन १७ बाट सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले एष्ट्रिक्स १७१२३ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्नेछ । त्यस्तै ग्राहकले नन्स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछ ।
 
ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । 
 
डेटा प्याक अन्तर्गत नयाँ अल टाइम डेटा प्याक र नन्स्टप युट्युब प्याकमा पुरानै मुल्यमा दोब्बर अल टाइम डेटा सहित भाइबर म्यासेजिङ्का लागि छुट्टै डेटाले ग्राहकलाई थप मुल्य प्रदान गर्दै कुनैपनि समय सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै