• २०८३ मङ्सिर ३ बिहीबार

लिभरपुलले जित्यो कारबाओ कपको उपाधि

लिभरपुलले जित्यो कारबाओ कपको उपाधि

काठमाडौँ । लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कारबाओ कपको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

चेल्सीका गोलकिपर केपाले अन्तिम पेनाल्टी मिस गरेपछि लिभरपुलले खेल जितेको थियो ।

यसअघि निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

योसँगै लिभरपुलले सबैभन्दा बढी ९ पटक कारबाओ कपको उपाधि जितेको छ ।

लिभरपुलपछि म्यानचेस्टर सिटीले ८ पटक यो उपाधि जितेको छ भने एस्टन भिल्ला, म्यानचेस्टर युनाइटेड र चेल्सीले यो उपाधि ५-५ पटक जितेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै