• २०८३ असोज ३ शनिबार

श्रीलंकाविरुद्धको टी-२० सिरिज भारतले जित्यो

श्रीलंकाविरुद्धको टी-२० सिरिज भारतले जित्यो

काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ ।

शनिबार राति सम्पन्न दोस्रो टी-२० खेल ७ विकेटले जितेसँगै ३ खेलको सिरिज २-० ले जितेको हो ।

श्रीलंकाले दिएको १८४ रनको लक्ष्य पछाएको भारतले १७.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि श्रीलंकाले टस हारेर २० ओभरमा ५ विकेट गुमाउदै १८३ रन बनाएको थियो ।

अब सिरिजको तेस्रो खेल आइतबार हुने छ ।

हाल भारत टुरमा रहेको श्रीलंकाले टी-२० सिरिजपछि २ खेलको टेस्ट सिरिज पनि खेल्दै छ । टेस्ट सिरिजको पहिलो खेल मार्च ४ देखि शुरु हुदै छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै