• २०८३ मङ्सिर ३ बिहीबार

वाटफोर्डसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

वाटफोर्डसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति सम्पन्न खेलमा घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड रेलिगेसन जोनमा रहेको वाटफोर्डसँग गोलरहित बराबरीमा रोकिएको हो । 

प्रिमियर लिगमा पछिल्ला ६ खेलमा युनाइटेडको यो तेस्रो बराबरी हो ।

अहिलेसम्म प्रिमियर लिगमा २७ खेल खेलेको युनाइटेड १३ जित र ६ हारसहित ८ खेलमा बराबरी खेलेको छ । युनाइटेड हाल लिगमा ४७ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।

त्यस्तै वाटफोर्डको भने २६ खेलमा १९ अंक रहेको छ र लिगको १९औं स्थानमा रहेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै