महाशिवरात्रिको तयारी पूरा

खरीबोट
ad

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । पशुपति मन्दिर परिसरमा कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

कोषका अनुसार दर्शनार्थीको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आवास, भोजन, स्वयंसेवा, सरसफाइ तथा स्वास्थ्य शिविरका साथै धार्मिक कार्यक्रम, सूचना, प्रचारप्रसार, सुरक्षालगायत सबै काम पूरा भएको छ । 

कोषले माघ २९ गते साँझ ७ बजेदेखि ठूला सवारी साधनलाई महाराजगञ्ज चक्रपथ र कोटेश्वरबाट पशुपतितर्फ जान रोक लगाएको छ । पशुपतिनाथको दर्शन गर्न चाहने भक्तजनले जुन बाटोबाट पशुपति मन्दिर प्रस्थान गरेको हो सोही बाटोबाट फर्कनु पर्नेछ । 

त्यसैगरी, सवारी साधनलाई गुह्येश्वरीपारि, सिफलचौर, महानगरीय प्रहरी वृत्त गौशाला, कोषको कार्यालय भण्डारखाल र तिलगंगामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार

भारतीय प्रधानमन्त्री मोदीले गरे पशुपतिमा विशेष पूजा

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्रमा हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गरेकाछन् ।  मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी

पशुपति क्षेत्र मगन्तेरहित घोषणा

काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।  कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा

सरकारले औद्योगिक विकास गर्नुपर्छ – अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का अध्यक्ष पशुपतिशम्शेर राणाले मुलुकमा विकास र समृद्धिका लागि सरकारले औद्योगिक विकास तथा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।  भारतमा करीब एक

काँग्रेस नेता खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार

काठमाडौँ । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । दिवंगत नेता खड्कालाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवासहित काँग्रेस नेताहरु, अन्य दलका नेताहरु तथा शूभचिन्तकहरु

Loading...

Loading...