• २०८१ बैशाख १४ शुक्रबार

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा चिपालु निर्वाचित

kharibot

मंगलबारे । नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित भएका छन् । 

अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित भएका हुन् । चिपालुले ६३ मत ल्याउनुभयो भने भक्तराजले ३७ मत प्राप्त गरेका छन् । 

संघको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा वीरेन्द्र कार्की निर्वाचित भए । त्यसैगरी सहसचिवमा हेमन्त गौतम, कोषाध्यक्षमा सन्तोष भक्तराज विजयी भएका हुन् । 

यस्तै सदस्यमा निरोज राउत, दिनेश खड्का, पुजन श्रेष्ठ, सेवक देवान, मोहन अधिकारी र पुन्यकुमार मुखिया विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै