• २०८१ बैशाख १५ शनिबार

रुस्लान सिमरा गोल्डकप : टाइव्रेकरमा जित निकाल्दै मोरङ सेमिफाईनलमा

kharibot

बारा । आयोजक नवजनजागृती यूवा क्लबलाई टाइव्रेकरमा पराजित गर्दै मोरङ्ग फुटबल क्लब विराटनगर सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।

शनिवार भएको पहिलो क्वाटर फाईनलमा आयोजक विरुद्ध टाईव्रेकरमा ४–१ को जित निकाल्दै मोरङ्ग पहिलो सहभागितामै प्रतियोगिताको सेमी फाईनलमा पुग्न सफल भयो । 

टाईव्रेकरमा मोरङ्गका निरज बस्नेत, बुद्धिमान राई, विक्रम लिम्बु र दिपक राईले गोल गरे भने आयोजक नवजनजागृतीका विजय श्रेष्ठ बाहेक अन्य खेलाडीले गोल गर्न सकेनन् । टाइव्रेकरमा आयोजकका मानबहादुर तामाङ र शौरभ मगरको प्रहारले पोष्टको दिशा लिन नसक्दा घरेलु समर्थकका माझ आयोजक निराश बन्यो । 

निर्धारित ९० मिनटको खेल एक–एकको बराबरीमा सकिएपछि खेल टाईव्रेकरमा धकेलियो । समय अभावका कारण अतिरिक्त समयको खेल नगराई सिधै टाईव्रेकरबाट नतिजा निकालिएको हो । 

यस अघि खेलको ६६ औं मिनटमा नवजनजागृतीका विजय श्रेष्ठ र ७५ औं मिनटमा मोरङ्गका भुवन बस्नेतले एक एक गोल गरेका थिए ।  खेलको म्यान अफ दि म्याच नवजनजागृतीका सुरजसिंह ठकुरी घोषित भए । 

आइतबार नेपाल आर्मीको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब विच दोश्रो क्वाटर फाईनल खेल हुँने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै