• २०८१ बैशाख १४ शुक्रबार

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते गर्ने सहमति

kharibot

तस्विर : खरीबोट

काठमाडौँ । प्रमुख तीन दल र निर्वाचन आयोगबीच प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते गर्ने सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र तथा निर्वाचन आयोगबीच भएको छलफलमा प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते गर्ने सहमति भएको हो ।

पहिलो चरणमा उच्च पहाडी तथा हिमाली ३१ जिल्लामा चुनाव गर्ने प्रस्ताव गरिएको छ । बाँकी ठाउमा एक साता पछि गर्ने सहमति भएपनि मिति अहिले नतोकिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । सरकारले सम्भवत आइतबार निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले चुनावका लागि सरकारले भदौ ३ गतेभित्र मिति घोषणा गर्नुपर्ने, चुनावका लागि आवश्यक कानुन भदौ ५ गतेभित्र तथा भदौ १५ गतेभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई दिनुपर्ने बताएका छन् । यसप्रति सबै दल सकारात्मक रहेको पनि उनले जानकारी दिए ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दलहरुबीच दुवै चुनाव एकैपटक गर्ने गरी महत्वपूर्ण सहमति भएको जानकारी दिँदै सरकारले केही दिनभित्रै मिति घोषण गर्ने बताए । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा प्रत्यक्षतर्फ एउटै मतपत्र र समानुपातिकतर्फ पनि एउटै मतपत्र बनाउने समझदारी बनेको जानकारी दिए । मतपत्र एउटै भएपनि छाप भने २ ठाउँमा लगाउनुपर्ने व्यवस्था निर्वाचन आयोगले गर्न लागेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै