• २०८१ बैशाख १५ शनिबार

पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन : नेता नेपाल

kharibot

धनगढी । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन् । 

धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताएका हुन् । 

उनले सरकार गठन र पार्टी एकताको काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएर काम गरिरहेको बताए । नेता नेपालले राष्ट्रियसभाको परिणाम आइसकेको अवस्थामा अबको दुई हप्ताभित्र सरकार गठन हुने बताए । 

कामचलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले जिम्मा नलिने नेता नेपालको भनाइ थियो । उनले वर्तमान सरकारले राज्यको ढुकुटी रित्याएको आरोप लगाए । संघीयता दुरुपयोग हुनबाट रोक्नका लागि केन्द्रस्तरबाटै अनुगमन गर्नुपर्नेमा नेता नेपालले जोड दिए । कैलालीको टीकापुरमा आजदेखि शुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न नेता नेपाल धनगढी पुगेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै