• २०८१ बैशाख १४ शुक्रबार

गौरीकाले राष्ट्रिय पौडी प्रतियोगितामा बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

kharibot

फाइल तस्विर

काठमाडौं । आजदेखि सुरु राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीवाज गौरीका सिंहले नयाँ राष्ट्रिय किर्तीमान बनाएकी छन ।

बिहीबार बिहान सम्पन्न भएको ५० मिटर बटरफ्लाइको प्रतिष्पर्धामा गौरीकाले नयाँ किर्तीमान बनाएकी हुन ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा भएको ५० मिटर बटरफ्लाइको हिट चरणमा गौरीकाले २९.०४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
यसअघि यो कीर्तिमान अर्की जलपरी शोफिया शाहको नाममा थियो । उनले सातौं राष्ट्रिय खेलकुदमा ३२.०६ सेकेण्डको टाइमिङ निकालेकी थिइन् ।

नेपाल पौडी संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा गौरीकाले पाँच वटा प्रतिस्पर्धामा भाग लिएकी छन् ।

प्रतियोगितामा ५ विकास क्षेत्र, त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबबाट १ सय ४४ खेलाडीको सहभागिता रहने पौडी संघका महासचिव जगतमान श्रेष्ठले जनाएका छन् । ९५ पुरुष र ४९ महिला खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै