क्यान्सर रोग सचेतनामा मेडिसिटीसँग जैन महिलाहरु

खरीबोट

काठमाडौँ । क्यान्सर रोग विरुद्धको अभियानमा अखिल भारतीय जैन श्वेताम्बर तेरापंथ महिला मंडल समेत सहभागी भई नेपाल मेडिसिटी अस्पतालसंग सचेतना अभिबृद्धिलाई साथ दिने भएका छन् । 

जैन महिलाहरुको करिब ५० जनाको समूहलाई आज नेपाल मेडिसिटी अस्पतालको अंकोलोजी र स्त्री तथा प्रसुति रोग विभागका चिकित्सकहरुले विभिन्न क्यान्सर रोगहरुका बारेमा जानकारी गराएका छन् । 

अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डा. निरा सिंहले महिलाहरुको पाठेघर, स्तन तथा अन्य स्थानहरुमा लाग्ने क्यान्सर रोगका बारेमा बताउदै नियमित रुपमा स्वास्थ्य परीक्षण गरी क्यान्सर रोग प्रति सचेत हुनु पर्ने र समयमै क्यान्सर रोगलाई पहिचान गर्न सकेको खण्डमा त्यसको सम्पूर्ण उपचार सम्भव भएको बताए । 

क्यान्सर विरुद्धको उपचार, खोप लगायतका विषयमा उनले जैन महिलाहरुसंग अन्तरकृया समेत गरेकी थिइन् । 

अस्पतालका अंकोलोजी विभागका डा. पंकज बर्मनले क्यान्सर रोगबाट समाज आक्रान्त भईरहेको अवस्थामा अब नेपाल मेडिसिटी क्यान्सरको विशिष्ट उपचार सेवा उपलब्ध भएकोले विरामीहरुले लाभ लिन सक्ने बताए । 

महिलाहरुकोसंगको अन्तरकृयामा उनले विभिन्न क्यान्सर रोगबाट बच्ने उपायहरुको बारेमा जानकारी प्रदान गराएकी थिइन् । 

कार्यक्रममा अस्पतालका बजार ब्यवस्थापक नवीन बज्राचार्यले नेपाल मेडिसिटी अस्पतालले ४ फेब्रुअरी देखि शुरु भई पूरा फेब्रुअरी महिना भरी क्यान्सर रोग विरुद्धको अभियानमा मेडिसिटी लागेकोले सबैलाई आफ्नो स्वास्थ्य परीक्षण गरी क्यान्सर रोग भए नभएको पत्ता लगाउन अनुरोध गरे । 

नेपाल मेडिसिटी अस्पतालले पूरा फेब्रुअरी महिना भरी क्यान्सर रोगको स्क्रिनिङ्गमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिई यस अभियानमा बढी भन्दा बढी मानिसहरुलाई सहभागिताको लागि आव्हान गरेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए । 
 

सम्बन्धित समाचार

स्वास्थ्य बीमा प्रवर्धनमा नेपाल मेडिसिटी र मेटलाईफको सहकार्य

काठमाडौँ  । नेपालीहरुलाई स्वास्थ्य बीमा प्रति जागरुक बनाई स्वास्थ्य सेवालाई सुलभ रुपमा प्राप्त गर्न नेपाल मेडिसिटी र मेटलाईफ इन्स्योरेन्सले सहकार्य गर्ने भएको छ ।  आज एक समारोहका बीच नेपाल मेडिसिटी हस्पिटलका

एकैदिन ललितपुरका तीन ठाउमा नेपाल मेडिसिटीको स्वास्थ्य गतिविधि सम्पन्न 

ललितपुर । नेपाल मेडिसिटीले एकै दिन ललितपुरका तीन ठाउमा स्वास्थ्य गतिविधि सम्पन्न गरेको छ । ललितपुरका सुनाकोठीमा स्वास्थ्य शिविर, गाःबहालमा महिला रोग बारे सचेतना र आदिनाथ मार्गमा स्वास्थ्य उपचार गोष्ठीको

नेपाल मेडिसिटी र बुद्ध एयरबीच सहकार्य

काठमाडौँ । नेपाल मेडिसिटी अस्पताल र बुद्ध एयरबीच सहकार्य भएको छ ।  गैह्र आवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र बुद्ध एयरका कार्यकारी निर्देशक

पाटनका महिलाहरुसँग नेपाल मेडिसिटी, प्रजनन स्वास्थ्य सम्बन्धी सचेनता कार्यक्रम सम्पन्न 

ललितपुर । पाटन स्थित श्री बहालका महिलाहरुको स्वास्थ्य सचेनताका लागि नेपाल मेडिसिटी अस्पतालले आज प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गर्यो ।  झिः बहुउद्देश्यीय सहकारी संस्था सम्बद्ध करिब १ सय जना महिलाहरुलाई