• २०८१ बैशाख १७ सोमबार

प्रदेश ६ मा महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित

kharibot

सुर्खेत । प्रदेश ६ बाट माओवादी नेता तथा पूर्वमन्त्री महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित भएको छ । 

प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला क का सांसद नरेश भण्डारी र कालीकोट ख का सांसद महेन्द्रबहादुर शाहीबीच निकै रस्साकस्सी चलिरहेको बेला महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ । 

दुवै संसद्हरुले मुख्यमन्त्रीका लागि आफ्नो अडानबाट पछि नहटेपछि बताए पछि विवाद मिलाउन दुई पुर्वगृहमन्त्री शक्ति बस्नेत र जनार्धन शर्मा मंगलबार सुर्खेत पुगेका थिए । बुधबार भएको आन्तरिक छलफलमा शाहीलाई चयन गर्ने निर्णय भएको बताइएको छ । यसको औपचारिक निर्णय भने विहिबार संसदीय दलको बैठक बसेर गर्ने तयारी भएको छ ।  

मुख्य मन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत आइपुगेका थिए । 

मुख्यमन्त्री चयन लगायतका विषयमा छलफल गर्न ६ नं प्रदेशमा रहेका पोलिटब्यूरो सदस्यहरुको बुधबार बैठक बसेको र सोहि बैठकबाट शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय भएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै