• २०८१ बैशाख १४ शुक्रबार

तयार भयो १० हजारवटा अण्डाको विशाल अमलेट !

kharibot

बेल्जियम । यो संसारका कुना कुनामा आआफ्नै परम्परा र रीतिरिवाजहरु चलिआएका छन् । ती सबैबारे थाहा पाउँदा अचम्म लाग्छ ।

यस्तै रोचक परम्परा चलिआएको छ बेल्जियममा । बेल्जियमको एक सहरमा विगत २२ वर्षदेखि सयौँ अण्डा मिलाएर एउटा विशाल अमलेट बनाउने चलन छ । गत मंगलबार सोही परम्परालाई निरन्तरता दिँदै २२ वर्षदेखिको परम्परा धानिएको हो ।

१० हजारवटा अण्डाको चार मिटर फराकिलो ताप्केमा ठूलो अमलेट तयार पारिएको हो । सयौँ मानिसहरुले पूर्वी बेल्जियमको एक सहरमा भेला भएर उक्त अमलेट तयार पारेका हुन् ।

स्वास्थ्यप्रतिकूल नहुने गरी तयार पारिएको उक्त अमलेट मानिसहरुले सुरक्षित रुपमा खान सकून् भनी तयार गरिएको बताइएको छ ।

  • - रोयटर्स/हफिंगटन पोष्टबाट अनुदित

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै