• २०८१ बैशाख १५ शनिबार

यसरी हुदैछ राष्ट्रियसभाको निर्वाचन (फोटो फिचर)

kharibot

प्रदेश–४ को पोखरास्थित लोकसेवा आयोेगको क्षेत्रीय निर्देशनालयमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा बुधबार भएको मतदानमा परिचयपत्र देखाउँदै लामबद्ध मतदाता ।

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ । 

प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले आज  सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका छन् । 

छवटा प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार, प्रदेश नं १ को विराटनगरस्थित वीरेन्द्रसभा गृहमा, प्रदेश नं ३ को ललितपुर महानगरपालिका–४ को कार्यालयमा र प्रदेश नम्बर ४ को कास्की जिल्लाको पोखरास्थित लोकसेवा आयोगको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भवन केन्द्रमा मतदान शुरु भएको छ ।  

प्रदेश नम्बर ५ को दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको भवन, प्रदेश नम्बर ६ को सुर्खेत जिल्लाको वीरेन्द्रनगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालय भवन परिसर र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको दीपायल सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण मावि भवन केन्द्रमा मतदान शुरु भएको छ ।

आज सुरु भएको मतदानका केहि तस्बिरहरु : 
 

 

तस्वीर : नारायण न्यौपाने, पोखरा, रासस

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै