• २०८१ बैशाख १४ शुक्रबार

फागुनको पहिलो हप्ता प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक हुने 

kharibot

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपति समक्ष पेश गर्ने जनाएको छ ।

मंगलबार आयोगले पत्रकार सम्मेलन गरि दलहरूले तोकिएकै समयमा समानुपातिकको सूची उपलब्ध गराउने अपेक्षा समेत व्यक्त गरेको छ।

प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूलाई समानुपातिकको सिट बाँडफाँट गर्ने जानकारी दिए । 

आयोगले राष्ट्रिय सभाको निर्वाचन परिणाम प्राप्त भएपछि दलहरूले ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गर्ने गरि बन्दसूचीबाट नाम छान्न दलहरूलाई पत्राचार गर्नेछ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै