• २०८१ बैशाख १५ शनिबार

ए मेरो हजुर-२ को अर्को गीत ‘उकालीमा जाँदा’ सार्वजनिक 

kharibot

काठमाडौँ । सम्राज्ञी राज्यलक्ष्मी शाह र सलिन मान बानियाँको बहुप्रतिक्षीत फिल्म ए मेरो हजुर-२ को नयाँ गीत 'उकालीमा जादा' सार्वजनिक भएको छ । 

सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र इन्दिरा जोशीको स्वर रहेको छ । शब्द र संगीत बसन्त सापकोटाको रहेको सो गीतमा सम्राज्ञी, सलिनका अलावा सलोन बस्नेत लगायतले अभिनय गरेका छन् । यस अघि सार्वजनिक भएका दुई गीतले दर्शकको राम्रो साथ् पाइसकेका छन् । 

पहिलो गीत ‘कसम हो कसम’ र ‘किनिदेउ न साइला दाई’ बोलको गीतलाई दर्शकले अत्यधिक रुचाएका छन् । कसम हो कसमलाई युट्युबमा ६६ लाख बह्न्दा बढीले हेरेका चाहन भने ‘किनिदेउ न साइला दाई’ लाई ४९ लाख भन्दा बढीले हेरेका छन् ।

फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी छन् । फिल्म आगामी भदौ १६ गतेदेखि प्रदर्शनमा आउदै छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै