• २०८१ बैशाख १४ शुक्रबार

टोटनह्याम र लिभरपुल बराबरीमा रोकिए, केनले गरे प्रिमियर लिगमा सयौ गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती भएको रोमान्चक खेलमा लिभरपुल र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा खेलको इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै ह्यारी केनले टोटनह्यामलाई हारबाट जोगाएका छन । यस अघि १-१ गोलको बराबरीमा रहेको अवस्थामा इन्जुरी समयमा मोहमद सालहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाएका थिए । इन्जुरी समयको अन्तिम मिनेटमा टोटनह्यामले पेनाल्टी पाउदा खेलको नतिजा बदलिएको थियो ।

यसअघि खेको तेस्रो मिनेटमा नै लिभरपुलले सालहकै गोलमा स्रुरुवाती गर्त लिएको थियो । टोटनह्यामले खेलको ८०औ मिनेटमा भिक्टर वनयामाको गोलमा बराबरी गरेको थियो । त्यसपछि खेलको ८७औ मिनेटमा पाएको पेनाल्टी ह्यारी केनले मिस गर्दा टोटनह्याम अग्रता लिने मौकाबाट चुकेको थियो ।

यस खेलमा गरेको गोलबाट ह्यारी केनले ला लिगामा आफ्नो एक सयौ ग्ल पुरा गरेका छन् । केनले १४१ खेल खेल्दै सय गोल गरेका हुन् ।

यो बराबरी पछि लिभरपुल २६ खेलमा ५१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ भने टोटनह्याम २६ खेलमा ४९ अंकसहित लिगको पाचौ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै