• २०८१ बैशाख १४ शुक्रबार

२ लाख घुस सहित वैदेशिक रोजगार विभागमा कार्यरत नासु प्रक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा नगेन्द्रप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

सेवाग्राहीसँग रु दुई लाख ३४ हजार घुस लिँदालिँदै पक्राउ परेको आरोप लागेका नायब सुब्बा गौतमका विरुद्ध आज मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजाय माग गरेको प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

यसैगरी आयोगले आजै काठमाडौँ महानगरपालिकाको भवन निर्माण इजाजत विभागका इञ्जिनियर सुशील चापागार्इंविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले केही दिन पहिले रु १० हजार घुससहित इञ्जिनियर गौतमलाई पक्राउ गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै