• २०८१ बैशाख १५ शनिबार

कपिलवस्तुमा ठुलो परिमाणमा अवैध मदिरा बरामद

kharibot

कपिलवस्तु । कपिलवस्तुको ईलाका प्रहरी कार्यालय गोरुसिंहेले बुद्धभुमी नगरपालिका–२ र ४ बाट ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी बुधबार नष्ट गरेको छ ।

मंगलबार साँझ प्रहरी निरिक्षक मनोहरराज श्रेष्ठ सहितकोे प्रहरी टोलीले नियन्त्रणमा लिएको मदिरा कार्यालय देखी नजिकैको जंगलमा लगी खाल्टो खनेर नष्ट गरेको हो ।

बुद्धभुमी नगरपालिका–२ र ४ का बिभिन्न घर र पसलहरुमा बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको सात सय ३५ लिटर घरेलु मदिरा बरामदपश्चात कृष्णनगर भन्सार कार्यालयका प्रमुख शरदचन्द पौडेल,कर अधिकृत हुरमत बहादुर मिजार, बुद्धभुमी नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ स्थानीय समाजसेवी, पत्रकारसहितको टोलीले नष्ट गरेको हो ।

मदिरा बरामदपश्चात एकपटकलाई सचेत गराएर छाडिएको र आगामी दिनमा सोही कार्य दोहोर्‍याएमा कडा कारबाही गर्ने चेतावनी दिइएको ईलाका प्रहरी कार्यालय, गोरुसिहेंका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठ जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय