काठमाडौँ । फिल्म ‘शत्रु गते’ को सार्वजनिक गरिएको पहिलो गीत ‘रुपै मोहनी’ को अत्यधिक सफलता पछि दोस्रो गीत ‘पिरतीको बर्को’ सार्वजनिक गरिएको छ ।
बुधबार सार्वजनिक गरिएको ‘पिरतीको बर्को’ गीतलाई कालीप्रसाद बास्कोटाले स्वर तथा संगीत दिएका छन् भने गीतमा अर्जुन भट्टराईको शब्द रहेको छ । गीतमा पल शाह र आंचल शर्माले अभिनय गरेका छन् ।
डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । तराई र काठमाण्डौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।