• २०८१ बैशाख १५ शनिबार

कान्दाहारको सैनिक पोष्टमा तालिबानको रातभर आक्रमण ः कैयौँ सैनिक मारिएको आशङ्का

kharibot

कान्दाहार, अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका स्थानीय समाचार स्रोतले जानकारी दिएका छन् ।  स्थानीय नागरिकलाई उद्धृतगर्दै दिइएका केही समाचारअनुसार उक्त पोष्टमा रहेका कैयौँ सैनिक मारिएको आशङ्का गरिएको छ । तर यो समाचारको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन । 

त्यसमा परी ठूलो सङ्ख्याका सैनिक मारिएको र घाइते भएको अनुमान गरिएको कान्दाहारका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठूलो सङ्ख्यामा आएका तालिबानहरुको रातभरको हमलामा परी कैयौँ सैनिक मारिएको अनुमान गरिएको छ तर के कतिको सङ्ख्यामा हताहत भएको हो भन्ने बारेमा भने केही आएको छैन, स्थानीय सञ्चारले बुधबार बिहान जनाएका छन् । 

उक्त सैनिक पोष्ट दुर्गम जिल्लामा पर्ने भएकोले थप अनुसन्धानका लागि सुरक्षाकर्मीहरु खटेका र केही समयपछि यसको विस्तृत बिबरण आउने अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय