• २०८१ बैशाख १४ शुक्रबार

कामना सेवा विकास बैंकको ३१ करोडको हकप्रद खुल्ला

kharibot

काठमाडौं । कामना सेवा विकास बैंकले ३० करोड ९४ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।

बैंकले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी दुुई अर्ब छ करोड २७ लाख ६९ हजार आठ सय ४८ रुपैयाँबाट १० बराबर एक दशमलव पाँचको अनुुपातमा एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी ३० लाख ९४ हजार एक सय ५४ दशमलव ७७ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत माघ १५ गते सोमबारबाट खुुल्ला भएको हकप्रद सेयरको बिक्री कार्य फागुुन २० गतेसम्म जारी रहने छ ।

अधिकृत पुँजी तीन अर्ब तथा जारी पुँजी दुुई अर्ब ३७ करोड २१ लाख ८५ हजार तीन सय २६ रुपैयाँ २९ पैसोृ रहेको बैंकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुँजी दुुई अर्ब ३७ करोड २१ लाख ८५ हजार तीन सय २६ रुपैयाँ पुुग्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै