• २०८१ बैशाख १७ सोमबार

वाम सरकारमा राजपा सहभागी नहुने

kharibot

फाइल फोटो ।

भक्तपुर । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले वाम गठबन्धनको सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् । 

रफ्त सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति नहुने स्पष्ट पारेका हुन् ।

एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पुर्याएको आरोप उनले लगाउँदै भने, ‘एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो, आज पनि छ, यस्तो अवस्थामा वाम गठबन्धनको सरकारमा सहभागी हुने कुरै हुँदैन, संविधान संशोधन नभए हामी जुनसुकै कदम चाल्न बाध्य हुनेछौँ ।’

नेता महतोले भने, ‘प्रदेश नं २मा जनताले राजपा र फोरमलाई सरकार बनाउने ‘म्याण्डेट’ दिएकाले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुने छ ।’ उनले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको जिकिर गर्दै नेपाली सञ्चारमाध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताए । 

नेपालका नेताहरुले खोक्रो राष्ट्रवादका नाममा भारतलाई गाली मात्रै गर्ने गरेको बताउँदै उनले नेपालमा छिमेकी देशसँगको सम्बन्धका बारे दल र व्यक्तिपिच्छे नीति नभई राष्ट्रिय नीति निर्माण हुनुपर्नेमा जोड दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै