• २०८१ बैशाख २६ बुधबार

धोनीलाई पछि पार्दै विराट कोहलीले बनाए नयाँ रेकर्ड 

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कप्तान वीरत कोहलीले हरेको खेलमा नयाँ नयाँ रेकर्ड बनाई रहेका छन् । 

हाल दक्षिण अफ्रिकामा रहेको भारतीय क्रिकेट टिम टेस्ट सिरिजमा हारेपनि अन्तिम तथा तेस्रो टेस्टको तेस्रो दिन कप्तान वीरत कोहलीले नयाँ रेकर्ड बनाएका छन् ।

कोहलीले कप्तानको रुपमा सबैभन्दा धेरै रन बनाउने भारतीय खेलाडी बनेका छन् । उनले सफल कप्तानको रुपमा रहेका महेन्द्रसिंह धोनीलाई पनि पछाडी छोड्दै यो रेकर्ड बनाएका हुन् । दक्षिण अफ्रीकाविरुद्ध दोस्रो पारीमा विराटले ४१ रन बनाउदै कप्तानको रुपमा ३५ खेलमा ३४५६ रन बनाएर धोनीलाई पछाडी पारेका हुन् ।

टेस्ट क्रिकेटमा धोनीले कप्तानको रुपमा ६० खेलमा ३४५४ रन बनाएका थिए । जसमा उनको औसत ४०.६३ रनको रहेको छ । त्यस्तै कप्तानको रुपमा टेस्ट क्रिकेटमा सुनील गावस्करले ४७ खेलमा ३४४९ रन बनाएका थिए ।

कोहलीको नाममा कप्तानको रुपमा पनि धेरै सतक बनाउने रेकर्ड रहेको छ । टेस्ट क्रिकेटमा कोहलीले कप्तानको रुपमा ३५ खेलमा १४ सतक बनाएका छन् भने गावस्करले ११ र धोनीले ५ सतक बनाएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै