लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध, पर्यटक रोकिए

खरीबोट

फाइल तस्विर

सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए ।

उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक लुक्लामा रोकिएको व्यवसायी छिरिङ शेर्पाले बताए । तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाका अनुसार अहिले पर्यटक आउने मौसम भए पनि दैनिक चार/पाँचवटा उडान हुने गरेकामा आठ दिनदेखि ठप्प भएको हो । लगातारको मौसम खराबीका कारण केही पर्यटक लुक्लाभन्दा केही तल सुर्केमा हेलिकाप्टर मगाएर त्यहाँबाट राजधानी फर्केका छन् भने केही फाप्लुतर्फ पैदल हिँडेका छन् ।

लुक्लाबाट फाप्लु पुग्न सामान्तया पर्यटकका लागि तीन दिनभन्दा बढी पैदल हिँड्नुपर्छ । सो जिल्लाको अर्को विमानस्थल फाप्लुमा पनि करिब एक महिनायता उडान हुनसकेको छैन । फाप्लुबाट भने सडक यातायात सञ्चालनमा रहेकोले यात्रुले विकल्प पाइरहेका छन् ।

सम्बन्धित समाचार

टोखालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड

काठमाडौँ / ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको टोखालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास सरकारका वरिष्ठमन्त्री, संस्कृतिविद् र जनप्रतिनिधिले जोड दिएका छन  ।  टोखा संस्कृति सम्पदा संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको

सात लाख पर्यटकले घुमे संरक्षित क्षेत्र

काठमाडौँ / देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा छ लाख ९९ हजार ५५२ पर्यटकले भ्रमण गरेका छन् ।  भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार ९३५ सहित विदेशी तीन लाख

भारतीय पर्यटकलाई निम्तो बाँड्ने

पोखरा / पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।  पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी

जहाँबाट नेपालमा पर्यटक आउछन्, त्यहाँ निगमको जहाज पुर्याइने

काठमाडौँ । नेपाल आउने पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेका क्षेत्रहरुमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा उपलब्ध गराउने भएको छ ।  ‘जहाँ नेपाल आउने पर्यटक, त्यहाँ नेपाल वायु सेवा निगम’ भन्ने नाराका