• २०८१ बैशाख १४ शुक्रबार

फेसबुक, ट्विटरको एकाउन्टलाई यसरी सुरक्षित राख्नुहोस् !

kharibot

प्रविधि । बढ्दो सामाजिक सञ्जालको प्रयोगले जीवनलाई द्रुतगतिमा सूचना, जानकारी र अन्तक्र्रियाको लागि सहज त बनाएको छ नै तर लाखौँ लाखले प्रयोग गर्ने यसले जीवनलाई उत्तिकै चुनौतीपूर्ण पनि बनाउँदै लगेको छ । 

फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल विश्वका अधिकांशले प्रयोग गर्ने गर्छन् । लाखाँैले प्रयोग गर्ने यस्ता सञ्जालहरुको प्रयोगमा चनाखो हुन नसके आफ्ना निजी जिन्दगी ध्वस्त पार्न पनि सक्छन् यी सामाजिक सञ्जालले । एकै सेकेन्डमा तपाईंको निजी मामिला बाहिर आउन सक्छ । तसर्थ यसको प्रयोगकर्ताले निकै ध्यान पुर्याएर मात्र यसको प्रयोग गर्नुपर्ने हुन्छ । 

कसरी जोगाउने एकाउन्ट ह्याक हुनबाट ? 

वाट्सएपले आफ्ना प्रयोगकर्तालाई इन्ड टु इन्ड इनक्रिप्सन दिएको हुन्छ । यसबाहेक टु स्टेप भेरिफिकेसन पनि यस सञ्जालमा उपलब्ध छ । 


फेसबुकमा एकाउन्ट सुरक्षित राख्ने थुप्रै उपाय छन् । एक वा अन्य डिभाइस सेभ गर्ने अप्सन यसमा हुन्छ, जसले अरु डिभाइसमा लग इन गर्दा आफूसामु पूर्वजानकारी आउँछ भने कतिपय अवस्थामा कुनै कम्प्यूटरमा लग इन गरेर लग आउट नगरी हिँडियो भने आफ्नै मोबाइलबाटै अन्य डिभाइसमा लग इन गरेको आफ्नो एकाउन्ट बन्द गराउन सकिन्छ । 


ट्विटरमा पनि टु स्टेप भेरिफिकेसनबाट एकाउन्ट सुरक्षित गर्ने व्यवस्था छ । यसको लागि इमेल  र फोन नं. रजिष्टर गर्नुपर्ने हुन्छ । त्यसबाहेक लग इन गर्न टेक्स्ट भेरिफिकेसनको व्यवस्था छ जसअनुसार कम्पनीले छुट्टै कोड मोबाइलमा पठाउँछ जसलाई डायल गरी तपाईं एकाउन्ट लग इन गर्न सक्नुहुन्छ । 


त्यस्तै इन्स्टाग्राममा पनि दुई स्टेप भेरिफिकेसनको व्यवस्था छ । यसका लागि सधैँ आफ्नो फोन आफैँँसँग सुरक्षित राख्नुपर्छ । कहिलेकाही फोन हराएको खण्डमा भने तत्काल यी एकाउन्टहरुको पासवर्ड बदल्नु जरुरी हुन्छ । 


जिमेलमा पनि दुई तहको प्रमाणीकरणपछि मात्रै लग इन गर्नसकिन्छ । यसमा पासवर्ड हालेपछि फोनमा भिन्नै कोड जिमेलले पठाउँछ जुन हानेपछि मात्रै एकाउन्ट लग इन हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै