• २०८१ बैशाख १५ शनिबार

सिलवाललाई पक्रिन इन्टरपोलमा सूचना राखेकोमा एमालेको आपत्ति

kharibot

काठमाडौं । ललितपुर क्षेत्र नम्ब १ का सांसद नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा सूचना राखेकोमा नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको कडा आलोचना गरेको छ ।

चुनावबाट विजयी भइसकेका सांसदलाई अपराधीको जसरी व्यवहार गरेर इन्टरपोलमा सूचना हाल्नु आपत्तिजनक भएको एमालेको ठहर छ ।

बढुवाको लागि कार्य सम्पादन मुल्यांकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि नेपाल प्रहरीले १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय