• २०८१ बैशाख १४ शुक्रबार

आगोमा जलेर घाइते भएकी महिलाको मृत्यु

kharibot

गौशाला । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा घुरको आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ इटहर्वा बस्ने हुल्ली मण्डलकी पत्नी ६५ वर्षीया मंगलीदेवी मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए । 

गत पुस २५ गते राति आफ्नै घर अगाडि जाडो छल्न बालेको घुरमा आगो तापिरहेका बेला महिला मण्डलको साडीमा आगो लागेर छातीभन्दा मुनिको अधिकांश भाग जलेर उनलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगिएको थियो । 

शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते महिला मण्डलको उपचारकै क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै