• २०८१ बैशाख १४ शुक्रबार

अमेरिकी बजेटको असर काठमाडौँस्थित दुतावासमा पनि, पुस्तकालयलगायत अन्य सेवाहरु बन्द  

kharibot

वाशिंटन । अमेरिका अस्थायी रुपमा ल्याइएको बजेट पास नहुदा दुतावासहरुमा समेत यसको असर देखिएको छ ।

काठमाडौँस्थित राजदुतावासले बजेट अभावमा अमेरिकन केन्द्रीय पुस्तकालय बन्द हुने सूचना दिएको छ । साथै दुताबासले चलाउदै आएको सामाजिक सञ्जालहरु पनि बन्द हुने जानकारी दिएको छ । दुताबासले पुर्वनिश्चित भिसा अन्तर्वार्ताहरु बहने यथावत रुपमा संचालन हुने जानकारी दिएको छ ।  

यस अघि गत शनिबार बजेटका बारेमा अमेरिकी प्रतिनिधिसभामा भएको मतदानमा बजेटका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो । रिपब्लिकन पाँच सिनेटरले बजेटको विपक्षमा उभिएका थिए भने पाँच डेमोक्रयाट् सिनेटरले पक्षमा मतदान गरेका थिए । बजेट पारितका लागि ६० सिनेटरले सर्मथन गर्नुपर्दछ । यसअघि बिहिबार भने तल्लो सदन ‘हाउस’ले बजेटलाई पारित गरेको थियो ।

हालको बजेटको म्याद शनिबारसम्म मात्र भएकोले बजेट पास नभए खर्चको अभावमा कैयौ सरकारी कर्मचारीलाई केहि दिनका लागि छुट्टी दिनुपर्ने अवस्था आएको छ । छोटो समयको लागि प्रस्तावित बजेट, आगामी फ्रेबुअरी १६ तारिख सम्मको लागि मात्र थियो ।

प्रवासीहरुलाई अमेरिकाबाट निकाल्ने विवाद बढेपछि यसको असर बजेटमा परेको छ । डेमोक्रेटहरुले ७ लाख भन्दा बढी प्रवासीहरुलाई आवश्यक कागजात नभएपनि अमेरिकामा नै बस्न दिनुपर्ने बताएका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सेप्टेम्बरमा प्रवासहरुलाई निकाल्ने घोषणा गरेका थिए । यद्यपी अमेरिकी कांग्रेससँग यसको विकल्प खोज्न मार्च सम्मको समय रहेको बताइएको छ ।

आप्रबासी एजेण्डाबारे बहस भईरहेकै बेला, गत साता राष्ट्रपति ट्रम्पले हैटी, अफ्रिका लगायतका देशबाट आप्रबासी ल्याईएको बिषयमा आपत्तीजनक शब्दले आलोचना गरेपछि, डेमोक्रयाटिक पार्टीका सिनेटर एवम कंग्रेसम्यानहरु ट्रम्प प्रति रिसाएका थिए ।

बजेट पास नभएपछि २१ लाखको हाराहारीमा रहेका संघीय सरकारका कर्मचारीहरु मध्ये करिब ३० प्रतिशत प्रभावित हुनेछन । जसमा अमेरिकी सेना पनि समावेश छ । यस अघि सन २०१३ मा सरकार बन्द हुदाँ, करिब आठ लाख कर्मचारी तलबको अभावमा १६ दिनका लागि कर्मचारीलाई छुट्टी दिइएको थियो । 

यस्तो अवस्थामा आधा आधी डिर्पामेन्टहरु काम गर्न असमर्थ हुने बताईएपनि अत्यावश्यक सेवा मानिने सुरक्षा, हवाई ट्राफिक, हुलाक, स्वास्थ्य सेवा, संकटकालीन उद्वार सेवाहरु भने सुचारु हुने गर्दछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै